यम बरालको ‘टुङ्नाको धुन’मा बुद्धि र निरान्जलीको अभिनय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००० दिन अगाडि
यम बरालको ‘टुङ्नाको धुन’मा बुद्धि र निरान्जलीको अभिनय

काठमाडौंँ -गायक यम बरालको स्वर तथा संगीत रहेको नयाँ गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ ।

युगल गायन रहेको गीत गायनमा बराललाई गायिका मिरा राईले स्वरमा साथ दिएकी छन् । मिरा राईकै शब्द तथा बलराम समालको एरेन्ज गीतमा छ ।  गीतको म्युजिक भिडियोमा भने बुद्धी तामाङ, सुनिल न्यौपाने, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओलीको अभिनय  देख्न सकिन्छ ।
दिलिप समनको निर्देशन रहेको भिडियो मिना बर्तौलाले निर्माण गरेकी हुन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, रोशन विस्वकर्माको कोरियोग्राफ्री रहेको छ ।