प्रकाश सपूतले ल्याए ‘मुटु कटक्कै’, भिडियोमा ‘सकम्बरी’सँगै देखिए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८४ दिन अगाडि
प्रकाश सपूतले ल्याए ‘मुटु कटक्कै’, भिडियोमा ‘सकम्बरी’सँगै देखिए

 काठमाडाै‌ -गायक प्रकाश सपूतले नयाँ भिडियो गीत ‘मुटु कटक्कै’ सार्वजनिक गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमवार सार्वजनिक गीतमा उनीसँगै प्रताप दास र कुशल बेलबासेले स्वर दिएका छन् । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा प्रकाश स्वयंमको शब्द एवं संगीत छ ।  भिडियोमा प्रकाश ‘सकम्बरी’बाट उदाएकी मोडल कुसुम शर्मालगायतसँग देखिएका छन् । गायकहरूसँगै रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनील बिक., विशाल घिमिरे लगायतलाई समेत भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशले धेरैपछि मायाप्रेमको कथामा रमाइलो शैलीमा गीत ल्याएका हुन् । भिडियोको कथाअनुसार डिग्री पास गरेका युवा चिया पसल संचालन गरेर बसेका छन् । कुनै दिन करोडपति बन्छु भन्ने संकल्प उनमा छ । यद्यपि, श्रीमतीमा त्यो विश्वास छैन । श्रीमती छोरालाई लिएर उनलाई छाडेर निस्किन्छिन्, त्यसपछि सुरु हुन्छ भिडियो । चिया पसलमा थुप्रै युवाहरू आउँछन्, प्रेममा धोका पाएका कतिपय युवाहरूको रुवाइ चियावालाले देख्छन् । त्यसपछि उनमा एउटा आइडिया फुर्छ । उनी​ युवाहरूका लागि रुने ठाउँ ‘रूवाबासी सेन्टर’ खोल्छन् । त्यसपछि भिडियोको बाँकी कथा अगाडि बढ्छ । भिडियो सार्वजनिक गर्दै प्रकाशले देशमै केही गर्ने उत्साहसँगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरू गीतमा देखाउन खोजिएको बताएका छन् । प्रकाशकै लेखन एवं निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतिले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।