नवलको चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७४ दिन अगाडि
नवलको चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक

काठमाडाै‌-नवल खड्का निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ ।

‘सके जोवन दिउँला माया...’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत एवं उदय राज पौडेलको एरेन्ज छ । सत्यकला राई र विक्रम राईले गीतमा स्वर दिएका छन् ।  भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड छन् ।  नवलकै लेखन रहेको चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदै छ । अहिले देशका विभिन्न सहरमा च्यारिटी शो भइरहेको चलचित्रको शीर्ष भूमिकामा नवल स्वयंमले अभिनय गरेका छन् ।