‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिले जोडी बाँध्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९२४ दिन अगाडि
‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिले जोडी बाँध्ने

काठमाडौं -दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले जोडी बाँध्ने भएका छन् ।

सोमबार फिल्मको घोषणा गर्दै नाजिर र सृष्टिलाई शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिइएको हो । यो फिल्ममा नाजिर र सृष्टिले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको ‘केटी हराएको सूचना’को निर्माता क्यूएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिन छन् । गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए, जसलाई निकै रुचाइएको थियो । 

बिहीबारदेखि छायांकन सुरु हुने फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिने जनाइएको छ । फिल्मलाई अम्बर महर्जनले खिच्नेछन् । नाजिरको मुख्य भूमिका रहेको फिल्म ‘अगत्स्य च्याप्टर १’ सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।