आइपीएलमा हैदरावादको रेकर्डब्रेक प्रर्दशन बेंग्लुरु २५ रनले पराजित 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४३ दिन अगाडि
आइपीएलमा हैदरावादको रेकर्डब्रेक प्रर्दशन बेंग्लुरु २५ रनले पराजित 

काठमाडौं -विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं हार व्यहोरेको छ ।

सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भयो । आइपीएलको जारी सिजनको दोस्रो खेलमा पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको बेंग्लुरुले पहिलो खेलमा चेन्नई र त्यसपछिका लगातार पाँच खेलमा पराजय भोग्न पुग्यो । सोमबार राति भएको खेलेमा पनि बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भएको छ । यो सँगै तालिकाको पनि पुच्छारमा पुगेको छ ।

 हैदरावाद भने ६ मध्य चार खेलमा जित निकाल्दै ताकिालको चौथो स्थानमा छ । सोमबार राति पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर २८७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा बेंग्लुरु ७ विकेट गुमाएर २६२ रनमा समेटियो । गएरातीको खेलमा हैदरावादले यसअघीको आएपीएलमा बनाएको सर्वाधिक रनको आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्डको किर्तिमान बनाएको थियो । यसअघि मुम्बई इन्डियन्स विरुद्ध खडा गरेको २७७–३ रनको योगफललाई सोमबार तोड्दै हैदरावादले २७८–३ रनको नयाँ किर्तिमान बनाएको हो ।  


हैदरावादले जित निकाले पनि नेट रन रेटमा खासै फाइदा लिन सकेन र चेन्नई सुपर किंग्ससँग बराबरी अंक भए पनि टोली अंक तालिकाको चौथो स्थानमै रह्यो । टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले ट्राभिस हेड र अभिषेक शर्माको जोडीको उत्कृष्ट सुरुवातको मद्दतमा पावरप्लेमा बिना कुनै क्षति ७६ रन बनाएको थियो । हेडले २० बलमा आफ्नो