राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत एक लाख ३० हजार घुससहित रंगेहात पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७७ दिन अगाडि
राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत एक लाख ३० हजार घुससहित रंगेहात पक्राउ

काठमाडाै‌-कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल एक लाख ३० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । स्रोत नखुलेको एक हजार पाँच रुपैयाँसमेत गरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बाट अख्तियार टोलीले पाललाई पक्राउ गरेको हो । नियन्त्रणमा लिई उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।