काठमाडौँ आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डक्टर)लाई समावेश गरिएको छ ।
नेपाली टोली डक्टर विहीन अवस्थामा अमेरिका पुगेको थियो । पछिल्लो समय टिम स्वक्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट सङ्घ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको टिम म्यानेजर प्रदीप मजगैयाले जानकारी दिए ।
नेपाली टिममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन् । उनी हाल सेन्ट एजनेस हस्पिटल बाल्टीमोरमा कार्यरत रहेका छन् ।