काठमाडौँ - सिक्किमका चर्चित हास्य कलाकार पदम तामाङ नेपाली फिल्म ‘मायाका रङ्गहरू’मा अनुबन्धित भएका छन् ।
फिल्म साइन गर्नको लागि तामाङ यति बेला काठमाडौँमा छन् । निर्माता केवल तामाङ र पदमबिच फिल्मबारे लिखित सम्झौता भएको छ । यो फिल्मबाट पदमले अभिनय करिअर थाल्दै छन् । यसअघि यो फिल्ममा पल शाह, सुनिल थापा र बुद्धि तामाङ जोडिएका छन् ।नायिकाको भूमिकाका लागि अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र इलामसँगै भारतको दार्जिलिङमा गरिने जनाइएको छ ।
पुनम तामाङ प्रस्तुत कर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको छायाङ्कन, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको सङ्गीत, सुस्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
फिल्मका सह निर्माता जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री हुनेछन् ।