शीतल कादम्बिनी र चेतमान गुरुङको  गजल गीत 'काँच' बजारमा (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२७ दिन अगाडि
शीतल कादम्बिनी र चेतमान गुरुङको  गजल गीत 'काँच' बजारमा (भिडियोसहित)

काठमाडौं- गजल गीत 'काँच' सार्वजनिक गरिएको छ । शीतल कादम्बिनी र चेतमान गुरुङको संयुक्त प्रस्तुति तथा आर्ट घरको सहकार्य रहेको उक्त गजलमा भीष्म जोशीको पटकथा एवं निर्देशन  रहेको छ । 

गजको भिडियोमा सांगीतिक साधना गरिरहेको व्यक्ति  र उसको सफलताका लागि जीवनसाथी वा सहकर्मी भूमिका कस्तो रहन्छ  भन्ने सन्देश देख्न सकिन्छ ।

 प्रेम सम्बन्धलाई काँचसँग  तुलना गर्दै  यी दुवै विषय कमजोर हुने गीतको भिडियोमा देखाउन खोजिएको छ । शीतल कादम्बिनीको शब्द रहेको सार्वजनिक गजलमा चर्चित गायक राज सिग्देलले आवाज सुन्न सकिन्छ । 

गीतमा चेतमान गुरुङको सङ्गीत,  सङ्गीत संयोजनमा बलराम राजवंशी रहेका छन् । गजलको भिडियोमा  घनू जोशी  ,शकुन्तला  शाह (शकु), र अनामिका लामिछानेको अभिनय रहेको छ । 

आयान परियार सह- निर्देशक रहेको गीतको भिडियो लाई महेश पौडेलले खिचेका हुन् । भिडियोको परिकल्पना सरोज खड्काले गरेका हुन् भने  निर्माण नियन्त्रकमा सन्तोष विष्ट रहेका छन् । यसै गरी मदन घिमिरेको सम्पादन रहेको गीतको भिडियोको  रङ्ग संयोजकमा  धिरज अधिकारी रहेका छन्। 

गीतको भिडियो