काठमाडौं- चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु भएको छ । सेटमा देखिए प्रकाश सपुत र जान्भी
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएसँगै चलचित्रको छाँयांकन सुरु भएकाे हाे ।
कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वयम् केसीको अभिनय रहने छ । फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनकै लेखक रहेको छ । सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ । यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । फिल्ममा कलाकारहरूको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबै कलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन् ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको सङ्गीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।