नेपाल र श्रीलङ्काबिचको खेल रद्द

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८७ दिन अगाडि
नेपाल र श्रीलङ्काबिचको खेल रद्द

काठमाडौँ - वर्षाका कारण नेपाल र श्रीलङ्काबिचको खेल रद्द भएको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधवार अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो । 

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । खेल रद्द भएपछि दुवै टोलीलाई अर्को चरणमा जान कठिन पर्ने देखिएको छ । समूह चरणका खेलमा यसअघि नेपालले नेदरल्याण्डसँग ६ विकेटले पराजय बेहोरेको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग २ विकेटले पराजित भएको थियो ।  अब नेपालले समूह चरणअन्तर्गत वेस्ट इन्डिजमा दुई खेल खेल्नेछ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ । वेस्ट इन्डिजमा हुने खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने समेत सामेल हुनेछन् ।