कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८२ दिन अगाडि
कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना 

काठमाडौं -जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ । कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्गसहित पानी परिरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । 

बेलुका राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।