काठमाडौं -‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ । बुधबार अपरान्हसम्म यसलाई ३ करोड ५१ लाख पटक हेरिएको छ ।
हलमा समेत १८ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको नेपाली फिल्म ‘छक्का पन्जा ३ ’ले युट्युबमा पनि नयाँ रेकर्ड राखेको छ । यो फिल्मलाई युट्युबमा साढे ३ करोड भन्दा बढी पटक हेरिएको छ । यो युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको नेपाली फिल्मको रेकर्ड हो ।
युट्युबमा धेरै हेरिने नेपाली फिल्मको रेकर्ड राखेपछि अभिनेता तथा फिल्म लेखक दीपकराज गिरीले साना(साना कुराले नै काम गर्न जाँगर दिने भन्दै खुसी व्यक्त गरेका छन् ।यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ । काभ्रेको विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा दीपक र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ । पाँचौं श्रृंखलाको रिलिज दशैं छेको अर्थात् २४ असोजमा
गर्ने तयारी छ ।