नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानमन्त्रीले भेटेरै दिए गितार उपहार  

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०८ दिन अगाडि
नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानमन्त्रीले भेटेरै दिए गितार उपहार  

काठमाडौं । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन् । 

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई  दिँदै  गितार उपहार दिएका हुन् ।  यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरू  आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुख दुखमा आफू साथ रहने समेत बताए । 

प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै  निरन्तर साधनामार्फत देशको प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।