काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकु(ड्रामा ‘हामी छौं’को पहिलो सिजनको सांगीतिक भिडियो सार्वजनिक भएको छ ।
‘यो नजिकको कुरा’ बोलको गीतमा प्रताप दास र रचना रिमालको गायन, आनन्द अधिकारीको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । भिडियोमा डकु(ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् ।
यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ । भिडियोमा दृष्टिविहिनलाई सहयोग गरेको, खेतको रोपाईंलगायतका दृश्य समेटिएको छ ।
प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकु(ड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकु(ड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरुप जङ्ग रायमाझीलगायतको अभिनय छ ।प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकु(ड्रामा बनाइएको बताए । यो डकु(ड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।
डकु(ड्रामालाई रामजी राउतले निर्देशन गरेका हुन् । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजीत बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।