काठमाडाैं- दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले ‘विज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायकका रुपमा रहेको एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी उक्त विज सधैं अन योजना अघि सारेको हो ।
नेपाली उपभोक्ताहरूलाई सधै अन मार्फत सशक्त बनाउने प्रतिबद्धतासँगै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक नयाँ पहल रहेको एनसेलले जनाएको छ ।
उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधै अन’को उदेश्य रहेको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाइँनेगरि विज सधैं अन सेवाले काम गर्ने छ ।
नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय विजनेस सेवाहरू प्रदान गर्दै आएको छ ।
सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, होटलहरु, व्यवसायीहरु र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु पनि प्रदान गर्दै आएको छ ।
“सधै अनमा हाम्रो सफलता र ग्राहकहरुको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं। सधै अनमा नै हामीले हाम्रा इन्टरप्राईज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाइज्ड भ्यालु दिन चाहेका हौं, एनसेलका हेड अफ इन्टरप्राईज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने, “बिज सधै अन र विभिन्न सोलुसन सुटहरुका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौ जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।“
के हो त ‘बिज सधैं अन’ प्लान
एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘विज सधै अन’ प्लान अन्तर्गत रु ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ। यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ। लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ।
रु ४९९ को प्यान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन । त्यस्तै, रु ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीची डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । रु ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले रु १,५९९ र रु १,९४९ को मासिक प्लान लिन सक्छन् ।
यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र रु ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क। मा बुस्टर प्याक खरिद गर्न सक्छन्। बुस्टर प्याक अन्तर्गत नै ग्राहकले रु ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन्। त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।
यसका साथै ’बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ह्यास डायल गरी ’बिज सधै अन’प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।
नेपाली व्यवसायीको डेडिकेटेड विजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेसन, हाई स्पिड विज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरु प्रदान गर्दै आएको छ ।
यी सेवा तथा सुविधाहरु नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपदों प्रविधि र पूर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्दछ ।