मंसिरमा विवाह गर्दै रमेश उप्रेती, भन्छन् : परिवारको प्रेसरपछि तयार भएँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९४ दिन अगाडि
मंसिरमा विवाह गर्दै रमेश उप्रेती, भन्छन् : परिवारको प्रेसरपछि तयार भएँ

काठमाडौं-अभिनेता रमेश उप्रेतीले विवाह गर्ने तयारी गरेका छन् । यहि वर्षको मंसिर महिनामा उनले विवाह गर्न लागेका छन् ।

पहिलो प्रेम विवाह असफल भएपछि अभिनेता उप्रेतीले अहिल मागी विवाह गर्न लागेका हुन् । उनले केहि समय अगाडि दोस्रो विवाह गर्ने योजना नभएको बताउँदै आए पनि अहिले भने परिवारले धेरै आग्रह गरेपछि आफू विवाहका लागि तयार भएको उप्रेती बताउँछन् ।

विवाहबारे छिट्टै सबैलाई खुशीको‌ खबर दिने तयारीमा रहेका रमेशले उत्साहित हुँदै भनेका‌ छन् – ‘सबै कुरा फाइनल भयो भने प्रेसमिट गरेर नै विवाहको जानकारी दिनेछु ।’