काठमाडौं । चलचिचत्र ‘मोदीबेनी’ काे ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको आईएनआईको एनबी सेन्टर हलमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
अभिनेत्री वर्षा शिवाकोटी र नव-अभिनेता अमरप्रताप श्रेष्ठको मुख्य अभिनय रहेको चलिचत्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा जोडी बाँधेको वर्षा र अमरप्रतापको जोडी प्रेसमिटमा केमेस्ट्रीले भरिपूर्ण देखियो । ‘छक्कापञ्जा ५’ को छायांकन सकेको एक दिनपछि वर्षा ‘मोदीबेनी’को प्रवर्द्धनमा सक्रिय भएकी हुन् । ट्रेलर सार्वजनिक समारोहमा वर्षालाई साथ दिन ‘छक्कापञ्जा’ फेम्ड निर्देशक दीपाश्री निरौला र निर्माता निर्मल शर्माको समेत उपस्थिति रहेको थियो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित सबैजसो कलाकारले चलिचत्रमा काम गर्न पाएकोप्रति खुसी व्यक्त गरेका थिए । साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सफलताका लागि निर्देशक दीपाश्री निरौलाले शुभकामना व्यक्त गरेकी थिइन् भने
गण्डकी प्रदेशको मिथक परम्परामा आधारित भनिएको चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । चलिचत्रमा वर्षा, अमरप्रतापसहित सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, जीवन भट्टराईसहित दिलीप केसी, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतको अभिनय रहेको छ ।