‘बेहुली फ्रम मेघौली’ : ‘उडायो मन’मा स्वस्तिमा र सिम्रनको छमछमी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८५ दिन अगाडि
‘बेहुली फ्रम मेघौली’ : ‘उडायो मन’मा स्वस्तिमा र सिम्रनको छमछमी

 काठमाडौ-स्वस्तिमा खड्का र निश्चल बस्नेत जोडीको निर्माण रहेको फिल्म 'बेहुली फ्रम मेघौली' को नयाँ गीत सार्वजनिक गरिएको छ। 

शुक्रबार सार्वजनिक 'उडायो मन...' गीतमा इन्द्रकला राईको स्वर छ। यसको शब्द, संगीत र एरेन्ज जयन जे वाइबाको हो। भिडिओमा फिल्मकी मुख्य कलाकार अभिनेत्री स्वस्तिमासहित सिम्रन खड्कालाई फिचर्ड गरिएको छ।  उनीहरूको खुसी र उमंगलाई भिडिओमा देख्न सकिन्छ। 

निश्चल बस्नेतसहितका कलाकारहरू समेत भिडिओमा देखिएका छन्। शेखर घर्तीमगरले भिडिओलाई कोरियोग्राफी गरेका हुन्। साजन काफ्ले र आकाश बरालको लेखन एवं निर्देशनमा तयार 'बेहुली फ्रम मेघौली' मा बसुन्धरा भुसाल, विजय बराल, रक्षा थापा, आमिर गौतम, लोकेन्द्र लेखक, शिरू विष्टलगायत कलाकारको पनि अभिनय छ। ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को प्रस्तुतिमा  निर्माण भएको फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माताका रूपमा हुन्। विवाहको कथा भन्ने फिल्म असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनमा आउनेछ।