गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक (भिडियो)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८२ दिन अगाडि
गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक (भिडियो)

काठमाडौ -‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावलकाे रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।  यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वलीकाे रहेको छ।
ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।