काठमाडौं– नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ ।
सोमवार एक कार्यक्रमबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’ को भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिएका छन् भने गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।
मित्र प्रधानको निर्देशनमा बनेको यो फिल्ममा रोशनश्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनयरहेको छ ।