६ जना गायक–गायिकाको स्वरमा तीज गीत 'घर झगडा–७' सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८० दिन अगाडि
६ जना गायक–गायिकाको स्वरमा तीज गीत 'घर झगडा–७' सार्वजनिक

काठमाडौ -तीजलाई लक्षित गरेर गीत 'घर झगडा–भाग ७' सार्वजनिक गरिएको छ।

यसमा पशुपति शर्मा, सम्झना भण्डारी, यज्ञ सापकोटा, सीता केसी, अर्जुन सापकोटा र सुनिता सुनार गरी ६ जना गायक–गायिकाले स्वर दिएका छन्।  यज्ञ सापकोटाको संगीत, कृष्ण केसीको एरेन्ज रहेको गीतका शब्द टंक डुम्रेका हुन्।  भिडिओमा सुरवीर पण्डित, रमा थपलिया, यज्ञ सापकोटा, आयुष्मा कार्की, अर्जुन सापकोटा र सरस्वती फुँयाल छन्।  विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडिओलाई मदन खड्काले निर्देशन गरेका हुन्।  गीत 'यज्ञ सापकोटा' युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो।