फिल्म 'माेहर ' मा नीति र पल काे पहिलो सहकार्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७४ दिन अगाडि
फिल्म 'माेहर ' मा नीति र पल काे पहिलो  सहकार्य

काठमाडौंँ । ओम प्रतिकको निर्देशनमा निर्माण हुन लागेकाे  फिल्म ‘मोहर’ मा नीतिको जोडीको रुपमा अभिनेता पल शाह देखिने भएका छन् । केही अगाडि अभिनेत्रीको रुपमा नीति फाइनल भएको फिल्ममा अहिले अभिनेताको रुपमा पल भित्रिएका हुन् ।

नीति र पल पहिलो पटक सहकार्य गर्न लागेका हुन  । फिल्मको छायांकन माघ ४ गते बाट सुरू गरिने तयारी रहेकाे निर्माण पक्षको भनाई छ । मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा ओम प्रतिककै लेखन रहेकाे छ । फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् । 

यसअघि पल र नीतिले फिल्म ‘हुतुतु’ नामक फिल्म साइन गरेका थिए । तर, यो फिल्म बन्न सकेन ।