काठमाडौँ - आगामी भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ ।
फस्ट लुकमा फिल्मका नायक पल शाह मात्र देखिएका छन् । फस्ट लुकमा पललाई केही रिसाएको भावमा प्रस्तुत गरिएको छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको फिल्ममा निर्माता पूजा शर्मा रहेकी छन् भने सुशन पाठक कार्यकारी निर्माता हुन् ।
फिल्ममा पलको अलवा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।