ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपाली चलचित्रको आवेदन खुला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७१ दिन अगाडि
ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपाली चलचित्रको आवेदन खुला

काठमाडौँ– विश्व चर्चित अवार्ड समारोह ओस्कारको ९७ औँ संस्करणमा पठाउन नेपाली चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ ।

ओस्कार अवार्डको नेपालस्थित अन्तर्राष्ट्रिय फिचर छनोट समितिले एक सूचना निकाल्दै यसबारेमा जानकारी दिएको हो । द एकेडेमी अफ मोसन पिक्चर आर्ट एण्ड साइन्सेसले सन् २०२५ का लागि ‘विदेशी भाषी चलचित्र विधा‘तर्फ नेपाली चलचित्रको लागि आवेदन खुला गरेको हो ।

नेपाली चलचित्रलाई यो अवार्डको प्रतियोगितामा सहभागी गराउन विदेशीभाषी चलचित्र छनोट समिति (नेपाल) लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पूरा गर्ने उत्कृष्ट एउटा चलचित्र चयन गरी सो प्रतियोगितामा चलचित्रका रूपमा सिफारिस गर्न समेत अनुरोध गरिएको छ । अवार्डमा भाग लिन २०८० कार्तिक १५ गतेसम्म प्रदर्शन गरिएका चलचित्रबाट छनोट गरिनेछ । साथै चलचित्रको दर्ता आगामी भदौ २७ गतेभित्र समितिको सचिवालयमा बुझाउन पनि अनुरोध गरिएको छ ।