‘नमेटिने घाउ’ को फस्टलूकमा प्रधानमन्त्री ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६९ दिन अगाडि
‘नमेटिने घाउ’ को फस्टलूकमा प्रधानमन्त्री ओली

काठमाडौं– अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा लगानीमा निर्माण भैरहेको सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।

भदौ ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको सोमवार सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्रण गरिएको छ ।  साउने सोमवारको अवसर पारेर सार्वजनिक पोस्टरमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा तथा कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत फिल्मका मुख्य कलाकारहरुलाई समेत समावेश गरिएको छ। यो फिल्ममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत अभिनय रहेको छ । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।

एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा तथा पटकथा रहेको छ, जसको लेखनका लागि उनले दुई वर्ष खर्चिएका थिए ।यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यो फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । फिल्ममा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।