'घर नम्बर २' मा केकी र उपासना अनुबन्धित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३३ दिन अगाडि
'घर नम्बर २' मा केकी र उपासना अनुबन्धित

 काठमाडौ -शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ुके घर के डेराः घर नम्बर २ु मा दुई अभिनेत्रीहरू अनुबन्धित भएका छन्।

केकी अधिकारी र उपासना सिंह ठकुरीलाई शीर्षमध्येको भूमिकामा अनुबन्ध गरिएको निर्माण टिमले जनाएको छ। दुवै जनासँग निर्माणपक्षले कागजी सम्झौता गरेको छ।  केकीले वैशाख महिनामा फिल्म बोक्सीको घरु ब्लकबस्टर भएपछि के घर के डेराः घर नम्बर २ु मा काम गर्न लागेकी हुन्। उपासनाले फिल्म खुस्मा को छायांकन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन्। योसँगै फिल्ममा मुख्य कलाकारहरूको लाइनअप बलियो बनेको छ।

यसअघि फिल्ममा अभिनेताहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन्। दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्मको कथा साहित्यकार बुद्दिसागरले लेखेका हुन्। ए प्लस इन्टरटेन्मेन्ट र नटराज  क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माणपक्षको भनाइ छ। काठमाडौंमा छायांकन गर्ने तयारी रहेको फिल्मलाई यही वर्ष प्रदर्शनमा ल्याइने जनाइएको छ।फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ।