‘रावायण’ को नयाँ पोस्टरमा पल र पूजा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६४ दिन अगाडि
‘रावायण’ को नयाँ पोस्टरमा पल र पूजा

काठमाडौं- आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ, जसमा अभिनेता पल शाह तथा अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

पोस्टमार अभिनेता शाहलाई केही गम्भीर भावमा देख्न सकिन्छ भने अभिनेत्री शर्मालाई रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तरेर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुबैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो पोस्टर हेर्दा फिल्मले एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ । यसअघि फिल्मको सार्वजनिक पलको सोलो फस्टलूकले बजारमा राम्रै चर्चा पाएको थियो । फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । यो फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । फिल्मको एक्सनपूर्ण टीजरसमेत सार्वजनिक भइसकेको छ । टीजर सार्वजनिक भएसँगै अभिनेता शाहको एक्सनको सबैले तारिफ गरेका छन् ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा। कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।