टीजरमा ‘खुस्मा’-मिठासपूर्ण प्रेमदेखि द्वन्दको प्रभावसम्म

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
टीजरमा ‘खुस्मा’-मिठासपूर्ण प्रेमदेखि द्वन्दको प्रभावसम्म

काठमाडौं-अभिनेता धिरज मगर तथा अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ को टीजर सार्वजनिक भएको छ ।

यो फिल्म संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टीजरमा मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्वन्दले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही वृत्तचित्रहरुमा लेखन तथा निर्देशन गरेपनि यो नै उनको ठूलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । ती वृत्तचित्रहरुबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड प्राप्त गरिसकेका छन् ।

‘खुस्मा’ का निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर हुन् भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको यो फिल्ममा दीपक बज्राचार्यको छायांकन रहेको छ ।यो फिल्ममा धिरज र उपासनासंगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेम कथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ ।