गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत 'इन्द्रेणी' सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत 'इन्द्रेणी' सार्वजनिक

काठमाडौँ- लोकप्रिय गायक सुगम पोख्रेल र चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ प्रेमील गीत 'इन्द्रेणी' सार्वजनिक भएको छ।

शुक्रवार 'आइ एम इन्टरटेन्मेन्ट' यू-ट्युब च्यानलबाट उक्त सुमधुर गीत सार्वजनिक गरिएको हो।

गीत जति सुमधुर अनि प्रेमील बनेको छ, गीतको भिडियो उति नै रोमान्टिक छ। भिडियोमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन्। यी दुईको प्रेम अनि रोमान्सलाई भिडियोमा देख्न सकिन्छ। भिडियोमा देखाइएको सुन्दर लोकेसन र दृश्यहरूले भिडियोलाई झनै आकर्षक बनाएको छ ।

डेनमार्क बसेर व्यवसाय गर्दै आएका  माया सुवेदी र इन्द्र सापकोटाले नेपाली गीत सङ्गीतमा रुचि राख्दै  'आइ एम इन्टरटेन्मेन्ट' यू-ट्युब च्यानलकाे समेत सुरुवात गरेका छन् । 

 सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत छ भने गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ। राजिव समरको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङको सिनेमाटोग्राफी  तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । 

गीतको भिडियो