सुपरहिट फिल्म‘अवतार’ को तेस्रो संस्करण बन्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
सुपरहिट फिल्म‘अवतार’ को तेस्रो संस्करण बन्ने

काठमाडौँ- सुपरहिट फिल्म ‘अवतार’ को तेस्रो संस्करण बन्ने भएको छ ।

‘अवतारस् फायर एन्ड एयास्’ नाम राखिएको यो संस्करणको शुक्रबार घोषणा गरिएको हो । क्यालिफोर्नियामा आयोजित डिस्नी फ्यान इभेन्टमा निर्देशक जेम्स क्यामरुनले संस्करणको घोषणा गर्दैै आगामी संस्करण ‘मानिसहरूले सोचेभन्दा फरक हुने’ जिकिर गरे । यसअघि  अवतारको पहिलो संस्करण  सन् २००९ मा रिलिज भएको थियो भने त्यसपछि सन् २०२२ मा अवतार स् द वे अफ वाटर प्रदर्शनमा आएको थियो । तेस्रो संस्करण भने  सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुने बताइएको छ । 

सो कार्यक्रममा सन् २००३ को चर्चित कमेडी चलचित्र फ्रिकी फ्राइडेको दोस्रो संस्करणको समेत घोषणा गरिएको छ ।  १२ हजार दर्शक सहभागी सोही कार्यक्रममा स्टार वार फ्रेन्चाइजीको नयाँ फिल्म द म्यानडालोरियनको पनि घोषणा गरियो । यो सन् २०२६ को मेमा रिलिज हुनेछ ।