'सतीदेवी' को गीत 'माया बसेको रैछ' सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५९ दिन अगाडि
'सतीदेवी' को गीत 'माया बसेको रैछ' सार्वजनिक (भिडिओ)

 काठमाडौ -लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'सतीदेवी' को गीत सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटलको युट्युबमार्फत 'माया बसेको रैछ' बोलको गीत रिलिज गरिएको हो। गीतमा प्रताप दास र दीपा लामाको स्वर छ। दीपक शर्माको संगीत रहेको गीतका शब्द निर्देशक सुवेदी स्वयंकै हुन्।  यो प्रेमगीतको भिडिओमा फिल्मकी मुख्य कलाकार मलिका महत र सन्दीप बाबु लोहनी फिचर्ड छन्। भिडिओका कोरियोग्राफर रामजी लामिछाने हुन्।  सामाजिक कथामा बनेको फिल्म 'सतीदेवी' भदौ ७ गते रिलिजको तयारीमा छ।