फिल्म 'देववाणी' ले तोक्यो प्रदर्शन मिति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५९ दिन अगाडि
फिल्म 'देववाणी' ले तोक्यो प्रदर्शन मिति

  काठमाडौ-निर्देशक बाबुसाहेब बलामी निर्देशित फिल्म ुदेववाणीु मंसिरमा प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई मंसिर ७ गते रिलिज गर्ने घोषणा गरेको हो।  पोस्टरमा फिल्मका प्रमुख अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन्। उनीहरूलाई रोमान्टिक भावमा देखाइएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजासहित सुनील थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ। 

निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन रहेको फिल्ममा श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन छ।  फिल्ममा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता छन्। कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन्। यो फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ। फिल्मको पहिलो गीत आइतबार सार्वजनिक गर्ने तयारी छ।