काठमाडौं- चलचित्र बेहुली फ्रम मेघौलीको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौँको छाया सेन्टरमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ‘छड्के सलाम’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो ।
जयन जे वाइबाको शब्द सङ्गीत तथा एरेन्ज रहेको गीतमा काली प्रसाद बासकोटा, वविना किराँती राई र निश्चल बस्नेतको आवाज सुन्न सकिन्छ ।
चलचित्रको कथा बस्तुमा रहेर तयार गरिएको रत्यौली गीतमा माला गुरुङ, कञ्चन खरेल, अविसा गुरुङ र प्रतिज्ञा नेपालले पनि सामूहिक आवाज दिएका छन् ।
वैवाहिक समारोहका दृश्यलाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य कलाकारहरू निश्चल बस्नेत स्वस्तिमा खड्का, विजय बराललगायतको अभिनय देख्न सकिन्छ ।
निश्चल र स्वस्तिमाको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्ममा उनीहरूसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको पनि अभिनय छ। साजन काफ्ले र आकाश बरालले फिल्मको लेखन एवं निर्देशन रहेको फिल्म ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो। शंकर पाण्डे र फिरोज खड्का यसको कार्यकारी निर्माता हुन्।
यसअघि निर्माण टिमले उडायो मन बोलको गीत सार्वजनिक गरिसकेको छ । उक्त गीतले दर्शक श्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
नयाँ गीतको भिडियो