काठमाडौं। डकुमेन्ट्री लघु चलचित्र ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोही छैन’ सार्वजनिक गरिएको छ । लिरिकल भर्जनमा सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका केही दृश्यलाई पनि स्थान दिइएको छ ।
गायक शिशिर योगीको आवाज र सङ्गीतमा तयार गरिएको गीतमा कवि अर्जुन पराजुलीको शब्द रहेका छन् ।
आनन्दराज शर्मा वाग्लेको निर्माणमा रहेको ‘रित्तो गाउँ’ लाई सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । यस चलचित्रलाई
विभिन्न चलचित्र महोत्सवहरू र विशेष शोहरूमार्फत प्रदर्शन गरेपछि कुनै ओटीटी प्लेटफर्ममा सार्वजनिक गर्ने योजना रहेको निर्देशकको भनाई रहेको छ।
‘रित्तो गाउँ’मा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको डकुमेन्ट्री भागमा देशभरका विभिन्न घटना र दृश्यहरू समेटिएको छ।
ज्ञवालीकै लेखनमा रहेको चलचित्रले युवा पलायनको कारणले रित्तिँदै गएको गाउँको मार्मिक कथा प्रस्तुत गर्दछ। ‘रित्तो गाउँ’ त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित छ।
गीतको भिडियो