केतन क्षेत्रीको आवाजमा 'संसारै मायाको' बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५५ दिन अगाडि
केतन क्षेत्रीको आवाजमा  'संसारै मायाको' बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ- चलचित्र प्रसाद फिल्मको चर्चित ‘गीत लै लै’ मा आवाज दिएपछि केतन क्षेत्रीलाई नचिन्ने कमै छन् । नेपाली संगीत बजारमा उनको लोकप्रियता लोभलाग्दो छ ।

क्षेत्रीले यसपटक पनि नयाँ गीत बजारमा लल्याएका छन् । उनले दरवारमार्गमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच उनको नयाँ प्रस्तुती ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीत  निर्माण टिम तथा अन्य कलाकर्मी तथा शुभेच्छुकहरूको बाक्लाे उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । 

गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको हो । भिडियोमा सान्या केशवानीसँगै केतन क्षेत्री लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

मेकअप कलाकारको रूपमा सरिश्मा थापा संलग्न छिन् भने लाइटको व्यवस्थापनमा नबिन बोगटीले ‍गरेका छन् ।

सिनेमाटोग्राफी र सम्पादन समिर भिजन, कलर ग्रेडिङ थॉमस जीएम र समिर भिजनले गरेका छन् भने भिडियोको निर्देशन थॉमस जीएमले गरेका हुन् । यो गीतलाई पूजन श्रेष्ठले निर्माण गरेका हुन् ।