शुक्रबार रिलिज हुने 'सतीदेवी' लाई प्रिमियरमा मिल्यो प्रशंसा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
शुक्रबार रिलिज हुने 'सतीदेवी' लाई प्रिमियरमा मिल्यो प्रशंसा

 काठमाडाै -शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'सतीदेवी' ले प्रिमियरमा प्रशंसा पाएको छ।

काठमाडौंमा मंगलबार बेलुका आयोजित प्रिमियरमा फिल्म हेर्नेहरूले यसको कथावस्तु, कलाकारहरूको अभिनयको तारिफ गरे। समाजमा सुनिरहेको कथामा मनछुने फिल्म बनेको प्रतिक्रिया दिए।  निर्देशक लक्ष्मण सुवेदी, अभिनेत्री मलिका महत, अभिनेता सन्दीपबाबु लोहनीसहित अन्य कलाकार तथा टिम प्रिमियरमा सहभागी रहे।  गौरी मल्ल, मिरूना मगर, पूजा शर्मा, सलिनमान बानिया, सलोन बस्नेत, शोभित बस्नेत, सलोन बस्नेत लगायतले फिल्म हेरिसकेपछि मिडियाकर्मीसँग कुरा गर्दै खुलेर प्रशंसा गरे।  थुप्रै फिल्मकर्मीले फेसबुकमा समेत 'सतीदेवी' को तारिफ गरेका छन्। 

फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी मलिका महत प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित देखिइन्। लक्ष्मण सुवेदीको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा छोराको रहरमा जन्मिएका छोरीहरूको कथालाई देखाइएको छ। फिल्ममा मलिका महतसहित हर्षिका ओली, मञ्जिला बानिया (बाल कलाकार), सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा लगायतको अभिनय छ।