नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा

काठमाडौं– विदेशमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न नक्कली संगीतकर्मी बनाएर पठाउँदै आइरहेको आरोप लागेको नेपाल संगीत उद्योग संघको अनामनगरस्थित कार्यालयमा नेपाल प्रहरीले छापा मारेको छ ।

प्रहरीको मानव बेचबिखन ब्यूरोले बुधवार दिउँसो उक्त कार्यालयमा छापा मारेको हो । ब्यूरोबाट खटिएका सादा पोसाकका पाँच जना प्रहरीले उक्त कार्यालयमा छापा मारेको बताइन्छ ।अस्ट्रेलिया आयोजना हुने सांगीतिक कार्यक्रममा गैर–कलाकार लैजाने तयारी गरेको खबर बाहिरिएपछि संघका अध्यक्ष सूर्य बहादुर मगर विवादमा तानिएका थिए । मगर विवादमा मुछिएको खबर प्रकाशित भएपछि त्यसलाई खण्डन गर्दै संघका महासचिव जितबहादुर रावतले समाचारमा सत्यता नभएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।

छापा मार्न आएको प्रहरीले कागजी मुचुल्का उठाएको छ भने कार्यालयमा खानतलासीसहित अनुसन्धान अगाडि बढाएको छ ।यसअघि सामाजिक सञ्चाल तथा सञ्चार माध्यमहरुमा अध्यक्ष मगरले प्रति व्यक्ति २२ लाख रुपैयाँ बुझाएपछि कलाकारको भिसामा अस्ट्रेलिया जान पाइने तथा उतै लुकेर बस्न सकिने बताउँदै केही व्यक्तिहरुबाट रकमसमेत संकलन गरिसकेको जानकारी सार्वजनिक भएको थियो ।