अप्ठ्यारोमा परिस्थीतिमा पनि जिवन बाच्न प्रेरित गर्ने नाटक ‘नुग्ःद्य’ शुक्रबारदेखि मण्डलामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
अप्ठ्यारोमा परिस्थीतिमा पनि जिवन बाच्न प्रेरित गर्ने नाटक ‘नुग्ःद्य’ शुक्रबारदेखि मण्डलामा

काठमाडौं । अप्ठ्यारोमा पनि जीवन बाँच्न प्रेरित गर्ने कथावस्तुमा आधारित नाटक ‘नुग्ःद्य’ शुक्रबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।

भदौ १८ सम्म नाटक मञ्चन हुने मण्डलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।विजय तामाङ ब्लोनको यो डेब्यु नाटकले समकालीन विश्व र युवापुस्ताले भोगिरहेको मानसिक स्वास्थ्यबारेको मुद्दा उठाउँछ । निर्देशकले एक नृत्यकारको जीवनयात्रा मार्फत अवसादसँग कसरी लड्न सकिन्छ भन्ने बारेमा कथा भन्न खोजेका छन् ।

एक डान्सर जो नृत्यको विश्व प्रतिस्पर्धा जितेर दमले थलिएकी रोगी आमाको उपचार गर्न पैसा जुटाउने सपना देख्छ । तर रिहर्सलकै क्रममा ऊ घाइते हुन्छ र उसको यात्रा त्यहीं रोकिन्छ । कम्मरमुनि उसको शरीर चल्दैन ।