‘मिष्टर नेपाल-२४’ मा ३८ जना,‌ शनिवार उपाधिका‌ लागि भिडन्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५० दिन अगाडि
‘मिष्टर नेपाल-२४’ मा ३८ जना,‌ शनिवार उपाधिका‌ लागि भिडन्त

काठमाडौं- रियलमी ‘मिष्टर नेपाल २०२४’ को विजेता शनिवार होटल सोल्टीमा एक कार्यक्रमबीच घोषणा हुँदैछ ।

प्रतियोगितामा ३८ युवा उपाधिका लागि भिँड्दैछन् । प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिएका‌ छन् । देशभर आयोजित अडिसनमा सहभागिमध्ये फाइनलका लागि ३८ प्रतियोगि छानिएका छन् । प्रतियोगिताका फाइनलिष्टमामा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी। अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर) सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी) प्रकाश चौहान (पथरी मोरङ)सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान ( विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आबिस्कर खड्का ( बुटवल)सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज)रहेका छन् ।

सबै प्रतियोगि स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण सहित फाइनलमा उत्रिँदैछन् । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अवसरका‌ साथै नगद र पुरस्कारमा बिभिन्न गिफ्ट समेत जित्न सक्ने नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।