काठमाडौं – दशैंको घटस्थापनाको दिनदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को बहुप्रतिक्षित टीजर सार्वजनिक भएकाे छ ।
एक साताअघि फिल्मको तेस्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको थियोे, जसले दर्शकको मन जितिरहँदा फिल्मको टीजर सार्वजनिक गरिएको हो । २ मिनेट २७ सेकेण्ड लामो टीजर निकै रमाइलो बनेकी छ । टीजरमा अभिनेत्री स्वस्तिमा खड्का केन्द्रमा छिन् । विवाहसंग सम्वन्धित रोचक प्रसङ्गहरू समावेश गरिएको टीजरले यो फिल्म निकै मनोरञ्जक बनेको अनुमान गर्न सकिन्छ ।
यो फिल्ममा स्वस्तिमा खड्कासँगै निश्चल बस्नेत, बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । फिल्मकट कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।