विपिन कार्कीकी दिवंगत आमाप्रति समर्पित ‘तेल भिसा’ को पहिलो गीत (भिडियो)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४६ दिन अगाडि
विपिन कार्कीकी दिवंगत आमाप्रति समर्पित ‘तेल भिसा’ को पहिलो गीत (भिडियो)

काठमाडौं– निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ नेपाली ‘तेल भिसा’ को लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड गीतको लिरिकल भिडियोमा फिल्मका चल–अचल दृश्यहरु समावेश गरिएका छन् ।

फिल्मका मुख्य अभिनेता विपिन कार्कीकी दिवंगत आमा स्वर्गीय सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ । फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । उनी जवान र वृद्ध गरि दुई फरक अवतार देखिने छन् । ‘तेल भिसा’ बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले विष, विरताको चिनो, ‘ब्रेकफेल तथा तुलसी जस्ता फिल्म निर्माण तथा निर्देशन गरेका थिए ।

आगामी मंसिर ७ गतेदेखि यो फिल्म प्रदर्शनमा आउँदैछ । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको यो फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहेको छ ।