फिल्मकाे कथावस्तु राम्रो भएनभने जुन स्टार राखेपनि फिल्म चल्दैन:आँचल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४७ दिन अगाडि
फिल्मकाे कथावस्तु  राम्रो भएनभने जुन स्टार राखेपनि फिल्म चल्दैन:आँचल

काठमाडौं । अभिनेत्री आँचल शर्माको व्यस्तता पछिल्लो समय निकै छ । फिल्मको छायांकन र प्रवर्द्धनको समय व्यवस्थापन गर्न उनलाई हम्मे–हम्मे परेको देखिन्छ ।

यतिबेला आँचल पछिल्लो फिल्म ‘वर एण्ड वधु’को प्रिमियरका लागि पोखरा पुगेकी छन्, जहाँको मिडटाउन सिनेमाज हलमा मंगलबार बेलुका फिल्मको रेडकार्पेट प्रिमियर हुँदैछ ।सोमबार उनी कन्यापूजाका लागि काभ्रेको पनौती पूजामा पुगेकी थिइन् । सोही अवसरमा केही मिडियासँगको कुराकानीमा उनले दर्शक कुनै पनि कलाकारको अनुहार हेर्नलाई हलसम्म नजाने बताएकी छन् ।

पछिल्लो समय दर्शकले स्टार भन्दा कथावस्तु खोज्ने गरेको उनको बुझाइ छ । जसकारण आफूले पछिल्लो समय स्टारडमको चाप लिन छाडेको उनको कथन छ ।उनले भनेकी छन्, ‘मैले स्टारडमको चाप खुबै लिएँ तर अहिले यस्तो दबाब लिन मन लाग्दैन । अहिले दर्शक कुनै पनि कलाकारको अनुहार हेरेर हलसम्म जानु हुन्न ।’

कथावस्तु उत्कृष्ट हुनुपर्छ भन्ने तर्क गर्दै उनी भन्छिन्, ‘अहिले कथावस्तु र फिल्म नै राम्रो हुनुपर्छ । होइन भने जुन स्टार लिए पनि फिल्म चल्दैन । फिल्म नै रोचक भएको खण्डमा दर्शकले मन पराउनुभएको छ । त्यसैले मैले अहिले स्टारडमको भार बोक्न छाडेकी छु ।’आँचलको पछिल्लो फिल्म ‘वर एण्ड वधु’ शुक्रबारबाट प्रदर्शन हुँदैछ ।