बोर्ड अध्यक्षमा दिनेश डिसी, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४४ दिन अगाडि
बोर्ड अध्यक्षमा दिनेश डिसी, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस

काठमाडौं - चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार दिनेशराज दाहाल ९दिनेश डिसी०, दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका हुन् । सिफारिस समितिले यी तीनजनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसामु सिफारिस गरेको स्रोतले जनायो । सिफारिस गरिएका यी तीनमध्ये कुनै एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बेलुका बस्दैछ ।