काठमाडौ -शुक्रबारदेखि मिलन चाम्स निर्देशत फिल्म ुवर एण्ड वधुु प्रदर्शनमा आएको छ।
अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको शीर्ष भूमिका रहेको फिल्म आजबाट देशभरका हलमा लागेको हो। सुखद् शो सहित प्रदर्शन आरम्भ गरेको फिल्ममा आँचल र विवेकसहित विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त लगायत कलाकारहरूको अभिनय छ।
सकम्बरीु गीतबाट उदाएकी कुसुम शर्माको यो पहिलो फिल्म हो। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्माता जानुका थापा हुन् । २ घण्टा २० मिनेटको फिल्मलाई रोमान्टिक–ड्रामा जनरामा राखिएको छ । पोखरा र काठमाडौंमा गरिएको प्रिमियरमा यो फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। फिल्मले दर्शकको साथ पाउने विश्वास निर्माण टिमको छ।