काठमाडौं- लोकप्रिय गायक शिव परियारले विरही मिठासमा परदेशीको कथा बुनिएको गीत आमा बजारमा ल्याएका छन्। चाडबाडको मुखमा पारिवारिक व्यथामा केन्द्रित गीतले परदेशीएका लाखौ युवालाई घरेलु सम्झनामा मन्त्रमुग्ध पार्ने गीती भावलाई पस्किएको 'आमा' उनको पृथक् गीत हो।
गीतलाई पूर्ण संयोग र सञ्जीव बराइलीले एरेन्ज गरेका छन् । स्वर र शब्दको संयोजन उत्कृष्ट भएसँगै दर्शकले यसलाई राम्रो उपहारको रूपमा स्वीकारेका छन्।
गायक शिव परियारले दसैँ नजिकिँदै जाँदा आम नेपालीको मनोविज्ञान बोकेको यो गीत सार्वजनिक गरेको बताए । ‘आफू र परिवारको सुखद भविष्यको सपनामा विदेशमा श्रम गर्न जान बाध्य सम्पूर्ण सहृदयी नेपालीको घर फर्किएर आमासँग खुसी ल्याएर आउँछु भन्ने सपनाको गीतको रूपमा यसलाई मैले समर्पण गरेको छु,’ उनले भने ।
अभि सुनारको रचना तथा सङ्गीतमा रहेको यो गीत मर्मस्पर्शी छ।
पर्ख है आमा दुई चार साल मै फर्की आउँछु
साहूको ऋण तिरेर घरको धुरी टालेर
त्यो मुहारमा खुसी ल्याउँछु
गीतको भिडियोमा स्टुडियोमा ब्यान्ड सहितको दृश्य देखाइएको छ । गीतमा शिव लगायत वाद्यवादकहरु फिचर्ड छन् । भिडियोका निर्माता शिव स्वयं हुन् । सङ्गीत संयोजन भरत ओलीले गरेको यो गीतमा सन्जिव बराइलीको गीतार, मनिस गन्धर्वको सारंगी, रत्न विक र सञ्जीव मैनालीको वासुरी र भुवन गन्धर्वको मादलले गीतलाई न्याय गरेको छ। भिडियो छायाङ्कन, सम्पादन तथा निर्देशक विवेक विकले गरेका हुन् ।
गीतको भिडियो