‘ज्वाइँ शाव ’ को पहिलो गीत ‘कसम बत्ती ’ को सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३१ दिन अगाडि
‘ज्वाइँ शाव ’ को पहिलो गीत ‘कसम बत्ती ’ को सार्वजनिक

काठमाडौँ - चलचित्र ‘ज्वाइँ शाव ’ को नयाँ गीत  ‘कसम बत्ती ’ को सार्वजनिक भएको छ ।

 

गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ भने गीतको भिडिओमा नीति शाह र जितु नेपाल बुद्धि तामाङ हिमेस लगायतका कलाकारहरूलाई देख्न सकिन्छ ।गीतमा नीति शाह र जितु नेपालको विवाहको दृश्य देख्न सकिन्छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको छ । रेड आई फिल्मसङको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मसको सहकार्य रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको सङ्गीत छ।यो फिल्मलाई असोजको २४ गते फूलपातीको दिन रिलिज गर्ने तय भएको छ ।