काठमाडौं- संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् ।
यही शिलशिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए ।
यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । सोही कार्यक्रममा बोल्दै जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो चलचि हेर्न निम्तो दिए । यस्तै, आफ्नो अघिल्लो सिनेमा ‘बाबरी’ रिलिजको क्रममा सिनेमा हेरेर सहयोग गरेको स्मरण गर्दै यो चलचित्रलाई त्यो बेलाको जस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।
उक्त कार्यक्रमममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत गरेका थिए ।
पूर्व उपराष्ट्रपति नन्द किशोर पुनले अभिनेता मगरलाई कार्यक्रममा मगर साँस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए । रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई सिनेमाबाट श्विलाई चिनाउन लागि परेको भन्दै आफुले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत गरेका थिए ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा चलचित्रको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।
भिडियो पनि हेर्नुहोस्