'खुस्मा' मेरो आशा र भरोसाको कथा हो : उपासना सिंह ठकुरी

  • मनोज न्यौपाने
    -मनोज न्यौपाने
  • ७२८ दिन अगाडि
'खुस्मा' मेरो आशा र भरोसाको कथा हो : उपासना सिंह ठकुरी

काठमाडौँ - चलचित्र ‘खुस्मा’ यति बेला चर्चामा छ । ‘रुकुम मैकोट’ बोलको गीतले चर्चा पाएसँगै अभिनेता धिरज मगर र उपासना अभिनीत चलचित्र खुस्माको चर्चा चुलिएको छ । 

अशोक थापा मगरकाे निर्देशनमा तयार चलचित्र असोज ३ गतेबाट प्रदर्शनको तयारीमा छ छ। चलचित्र खुस्मालाई लिएर सिंगो निर्माण टिम उत्साहित देखिएको छ । यसै विषयमा कुरा गर्दै चलचित्रकी मुख्य अभिनेत्री उपासना सिंह ठकुरीले खुस्मा आफ्ना लागि ‘होप’को स्टोरी अर्थात् आशाको केन्द्रमा रहेको कथा भएको बताएकी छन् । 

नेपाल विशेषसँग कुरा गर्दै उपासनाले भनिन्,‘संसारमा सबै कुरा आशामा बाँचेको हुन्छ र यो नै सबै कुरा हो जस्तो लाग्छ।’

खुस्मा मगर समुदायलाई केन्द्रमा राखेर तयार खुस्मालाई रुकुमको मैकोट लगायतका क्षेत्रमा खिचिएको र करिब २०÷२२ वर्ष अघिको द्वन्द्वकालीन अवास्थालाई आधार बनाएर तयार पारिएको चलचित्र भएको पनि उपसनाले बताइन् । यद्यपि चलचित्रमा राज्य पक्ष र विद्रोही पक्षबीचक युद्ध र राजनीतिक प्लट भने नरहेको पनि प्रष्ट पारिन् । 

‘खुस्मा वार अथवा पोलिटिक्ससँग सम्बन्धित छैन तथापी त्यस बेलाको समाज, गाउँ समाजमा बस्ने मानिसहरूको जीवन शैली र मनोविज्ञान हाम्रो चलचित्रको मुख्य विषय हुन्,’ ठकुरीले भनिन् । 

चलचित्रमा खुस्मा पात्रका रूपमा चित्रण भएकी उपासनाले आफ्नो चरित्र चित्रण र कथा सार पनि खुलाएकी छिन् । द्वन्द्वग्रस्त समयमा महिलाहरूले भोग्नु परेको पीडा तथा माया गरेका आफन्त तथा प्रेमीहरू गुमाउन बाध्य पात्रका रूपमा आफूलाई उभ्याएको पनि ठकुरीको भनाई छ ।

चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र बजारमा डेब्यु गरेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’, ‘दुई नम्बरी’,‘डिसेम्बर फल्स’,‘हात्तिछाप’ पछि खुस्मामार्फत दर्शकमाझ आउँदै छिन् । अभिनेता धिरज मगरसँग अनस्क्रिन जोडी बाधेर दर्शमाझ आउने तयारीमा रहेकी उपासनाले आफ्नो करियरमा खुस्मा र खुस्मासँग जोडिएका पात्रहरू महत्त्वपूर्ण रहेको प्रतिक्रिया पनि दिएकी छन् भने खुस्माले आफ्नो करियरमा निराश नबनाउनेमा आफू ढुक्क रहेका बताइन् ।

यो पनि हेर्नुहोस्