किरणको ‘कल्ली’ मा सौगात

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२५ दिन अगाडि
किरणको ‘कल्ली’ मा सौगात

काठमाडौं- रेड बर्ड प्रोडक्शन तथा कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुवन्धित भएका छन् ।

फिल्ममा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिएका छन् । तिहारपछि फिल्मको छायांकन प्रारम्भ हुनेछ ।